पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग
काठमाडौं, फागुन २
गोरखा नगरपालिका वडा नं. ६ स्थित तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि.ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् । त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो ।
पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो । भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माणकार्य भइरहेको छ । भवन दुई तलाको ढलान सम्पन्न भइसकेको छ । गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु-याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया