संस्कृति इन्टरनेसनल स्कुलको सिकाइ सुधार कार्यशाला
काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधार सम्बन्धि २ दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो ।
कार्यशालाका सहभागीहरुले अन्तर्राष्ट्रिय पाठ्यक्रममा कार्यरत शिक्षकहरुद्वारा सञ्चालित विभिन्न कक्षागत अभ्यासहरु तथा उनीहरुको व्यवहारिक अनुभवमार्फत अन्तर्राष्ट्रिय शिशु शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय माध्यमिक शिक्षा पाठ्यक्रमसम्बन्धी विस्तृत रुपमा बुझ्ने जानकारी पाएका थिए । ज्ञान हासिल गर्न तथा नेपालभरका अन्य समकक्षी शिक्षकहरुसँग सञ्जाल विस्तार गर्नको लागि यो कार्यशाला अत्यन्तै सहयोगि रहेको सहभागि शिक्षकहरुले बताए । यो कार्यशालामा थ्रीडी आई स्कुल नेपाल, अनम्याथ स्कुल र भाव– सोसियो इमोसनल लर्निङको पनि साथ रहेको थियो ।
२०२२ अक्टोबरमा हुन गइरहेको अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको प्रि–कन्फ्रेन्स इभेन्टको रुपमा आयोजना गरिएको यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आहिले नयाँ प्राविधिक युगमा शिक्षाको अवधारणामा पनि परिवर्तन हुनु आवश्यक रहेको बताए । यस्ता तालिम कार्यक्रमले शिक्षकहरुलाई अझ सक्षम बनाउन मद्दत गर्ने उनको भनाइ थियो । बागमती प्रदेशमा ‘एक विद्यालय, एक पालिका शिक्षा साझेदारी कार्यक्रम’ गर्न उनले आह्वान समेत गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया