Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र पशुपति इन्भाइरोमेन्टल पावर कम्पनी तथा पशुपति इन्भाइरोमेन्टल इन्जिनियरिङ पावर कम्पनीबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र पशुपति इन्भाइरोमेन्टल पावर कम्पनी तथा पशुपति इन्भाइरोमेन्टल इन्जिनियरिङ पावर कम्पनीबीच सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटल र पशुपति इन्भाइरोमेन्टल पावर कम्पनी तथा पशुपति इन्भाइरोमेन्टल इन्जिनियरिङ पावर कम्पनीबीच क्यापिटलको आइडिया टु आईपीओ सेवा उपलब्ध गराउनेसम्बन्धी तीनपक्षीय सम्झौता भएको छ ।

एनआईसी एसिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवाअन्तर्गत पशुपति इन्भाइरोमेन्टल पावर कम्पनी (प्रालि) र पशुपति इन्भाइरोमेन्टल इन्जिनियरिङ पावर कम्पनी (प्रालि) लाई संस्थागत परामर्श सेवाअन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी आईपीओ जारी गर्ने चरणमा पु-याएर सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने गरी तीनपक्षीय सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि कम्पनीलाई तत्तकाल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरूको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रिया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया