सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुने भएको छ । प्रतियोगिता जेठ ९ देखि १२ गतेसम्म ७२ होल फर्म्याटमा खेलाइनेछ भने दोस्रो राउन्ड (३६ होल) पछि कट लाग्नेछ । टाईसहित शीर्ष २१ प्रोफेसनल र छ जना एमेच्योर अन्तिम ३६ होलहरूमा यात्रा गर्नेछन् ।
प्रतियोगितामा चालिस भन्दा बढी प्रोफेसनल खेलाडीहरूले १४ लाख ६१ हजारको पुरस्कारको लागि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । यस सिजनको ग्राण्ड फिनालेको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार, तेस्रो हुनेले एक लाख १० हजार, चौथो हुनेले ९५ हजार र पाँचौँ हुनेले ८७ हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ भित्र पर्ने अन्यले पनि नगद पुरस्कार पाउनेछन् ।प्रतियोगितामा १२ जना एमेच्योरहरूले प्रोफेसनलहरूसँग खल्ने छन् । पहिले पनि पुरस्कार राशि जितेका नेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई र १३औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ प्रतियोगिताका प्रबल दावेदार हुन् । सद्भाव आचार्य, टाशी छिरिङ, वाङ्चेन धोन्डुप भने एमेच्योर ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–अम आइतबारको लागि तय गरिएको छ । २० प्रोफेसनल गल्फर र ७५ एमेच्योरहरू एक रोमाञ्चक फर्म्याटमा टि–अफ गर्नेछन् जसले कर्पोरेट एमेच्योर गोल्फरहरूलाई अत्यावश्यक एक्सपोजर दिनेछ । एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो सिजनको अन्तिम इभेन्टले स्थानीय प्रतियोगितामा अहिलेसम्मकै ठूलो पुरस्कार राशि बोकेको बताए । प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहभागी हुने खेलाडीहरूले उत्साहपूर्वक मिहिनेत गर्दै आएको उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया