महालक्ष्मी विकास बैंकको २८औँ वार्षिकोत्सवमा संस्कृतिविद् जोशीलाई सम्मान
काठमाडौं । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमबीच यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताए ।
२८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना एक सय तीनवटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्द्धन, सहरी सौन्दर्य प्रवर्द्धन तथा प्रदूषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । २८औँ वर्षमा प्रवेश सुखद अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि बैंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु-याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया