भालुबाङमा गार्डेन मार्टको १९औँ शाखा
काठमाडौं । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तुलगायतका विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९औँ शाखा सञ्चालनमा ल्याएको छ ।
शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक विशेष कार्यक्रमका बीच मार्टको शुभारम्भ गरेका हुन् । मार्ट शुभारम्भको कार्यक्रममा विष्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादनलाई बजारीकण गर्न मार्टले सघाउने बताए । शाखा प्रमुख दानबहादुर थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाललगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् ।
यसका अलावा महिलाहरूका लागि शृंगारका सामग्रीहरू, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । भालुबाङमा मार्टको सञ्चालनसँगै सहकारीले आफ्नो २८औँ शाखा समेत सञ्चालनमा ल्याएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।
यसअगाडि नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौँडा, बुटवलको योगिकुटीमा, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेल्धुरा, दाङको घोराही, बाँकेको चाँदनीचोक, सुर्खेतको मेहलकुनामा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया