संघमा दश प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा संघीय सरकारमा करिब दश प्रतिशत कर्मचारी दरबन्द कटौती गर्ने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट मा कर्मचारुीको दरबन्दी कटौतीको घोषणा गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माका अनुसार सरकारी निकायका संगठन संरचना र दरबन्दीको पुनरावलोकन गर्न लागिएको हो । ‘संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा दश प्रतिशत दरबन्दी कटौती गरिनेछ’, बजेट वक्तव्यको बुँदा नम्बर ३७९ मा भनिएको छ । साथै संघमा निजामती र सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन । सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने योजना अनुसार कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो ।
त्यस्तै, आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारी साधन खरिद गरिने छैन भने मर्मतसम्भार गर्दासमेत सञ्चालनमा नआउने सवारी साधन अनिवर्या रुपमा लिलामी गर्ने व्यवस्था गरिनेछ । साथै सर्वाजनिक खर्च पुनरावलोकन आयोग, २०७५ को प्रतिवेदन सार्वजनिक गरी सिफारिस क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । उक्त प्रतिवेदनमा खर्च कटौती कसरी गर्ने भन्ने उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया