हुवावेको नेपालमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु
काठमाडौं । हुवावेले नेपाली विद्यार्थीहरूका लागि ‘सिड्स फर द फ्युचर’, कम्पनीको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम सुरु गरेको छ । हुवावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । यो कार्यक्रम नेपालका सबै आईसीटीसम्बन्धी विषयका स्नातक तहका विद्यार्थीहरुका लागि लागू हुने कम्पनीले जनाएको छ ।
कार्यक्रम पहिलो पटक थाइल्यान्डमा २००८ मा सुरु भएको थियो । त्यस बेलादेखि एक सय ३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् । यस वर्ष प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका सात जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् । यस वर्ष हुवावेले नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ ।
संस्थाले आफ्नो ‘नेक्स्ट ५०’ अभियानअन्तर्गत विद्यार्थीहरूलाई संलग्न गराउनेछ । कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको आईसीटी उद्योगमा पहिलो अन्तर्दृष्टिहरू प्राप्त गर्ने र बैंककको नौ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ । बैंककमा, विद्यार्थीहरूले क्लाउड कम्प्युटिङ र एआईलगायत प्रमुख प्रविधिहरूमा प्रवेशस्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन् भने टिच फोर गुड समूह परियोजनामा भाग लिनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया