Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत–बंगलादेश तेस्रो रेल सेवा सुरु

भारत–बंगलादेश तेस्रो रेल सेवा सुरु


नयाँ दिल्ली । भारत र बंगलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् । पश्चिम बंगालको न्यू जलपाइगुडीबाट बंगलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बंगलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन् ।

भारत–बंगलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिताली एक्सप्रेसको गत मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिकरूपमा उद्घाटन गरेका थिए । कोभिड–१९ महामारीका कारण सेवा सुरु हुनसकेको थिएन । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया