गल्याङ नगरपालिकाले मेयर कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने
गल्याङ, फागुन ७
स्याङ्जाको गल्याङ नगरपालिकामा मेयर कप अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गल्याङ नगरपालिका गल्याङ नगर खेलकुद समितिको आयोजनामा गल्याङमा पहिलोपटक मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । फागुन २१ गतेदेखि २४ गतेसम्म मेयर कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने गल्याङ नगरपालिकाका उपमेयर देवी थापाले जानकारी दिइन् ।
उनका अनुसार प्रतियोगितामा ११ वटै वडाबाट ११ टिम सहभागी गराइनेछ । मेयर कपका लागि खेल संयोजकमा पवन राना र सहसंयोजकमा लालबहादुर दर्लामीलाई जिम्मेवारी दिएको उनले बताइन् । प्रतियोगितामा विजेता वडालाई एक लाख रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने भएको छ । यस्तै द्वितीय हुने वडालाई ६० हजार, तृतीय हुने वडालाई ४० हजार र सान्त्वना हुने वडालाई २५ हजारसहित सबै विजेता टोलीलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैगरी उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक पवन रानाले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया