काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप १० दिनका लागि मागेको विदा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् । सरकारले आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उनी १८ वैशाखदेखि एक महिनाका लागि विदा बसेका थिए ।
तर पोखरेलले फेरि आफूलाई थप १० दिन विदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएका छन् । आफ्ना एक जना सहयोगीमार्फत पोखरेलले विदाका लागि मंगलबार निवेदन दिएका हुन् । यता आईजीपी सिंहले विदा अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएका छन् ।
आईजीपी सिंहले विदा दिन अस्वीकार गरिदिएपछि अब पोखरेलका लागि हाजिर वा विभागीय कारबाहीको लागि तयार हुनुपर्छ । अर्को विकल्पको रुपमा भने राजीनामा दिएर बस्नु रहेको छ ।
सरकारले आफूभन्दा कनिष्ठ सिंहलाई आईजीपी बनाएसँगै असन्तुष्ट पोखरेल वैशाख १९ गतेदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । उनले वैशाख १९ देखि लिएको एक महिने विदा सकिएको छ। ३० दिनको विदा र सार्वजनिक विदा समेत गरी उनी ३६ दिनदेखि कार्यालयमा हाजिर भएका छैनन् ।
पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए । उनलाई सरकारले मंगलबार सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ । यता हालै एआईजी बढुवा भएकी पुजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।
पोखरेलले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्, तर उनको पक्षमा अन्तरिम आदेश आएको छैन । अदालतले उनको पक्षमा आदेश नदिए पोखरेलले २० साउनदेखि अवकाश पाउनेछन् ।
आईजीपी सिंहको बढुवाविरुद्ध पोखरेलले हालेको रिटको अन्तिम सुनुवाइ यही जेठ ३० गते सर्वोच्चमा हुँदै छ। सर्वोच्चले जेठ ३० गते नै उक्त मुद्दाको छिनोफानो गर्ने गरी अन्तिम पेशीका लागि समय निर्धारण गरेको हो ।
यदि जेठ ३० मा सर्वोच्चबाट मुद्दा जितेमा पोखरेल नयाँ आईजीपीका रुपमा प्रहरी प्रधान कार्यालय फर्किन सक्नेछन् । सिंहविरुद्ध हालेको मुद्दामा पराजित भएमा सरकारको निर्णयमा असन्तुष्ट पोखरेलले घर फर्किने विकल्प बाँकी रहनेछ । अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिनका लागि विदा लिएका थिए । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उनी काममा फर्किएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया