सोलुखुम्बु । मौसम प्रतिकूूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाडौं फर्किने करिब एक सय ५० जना पर्यटक अलपत्र परेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका प्रमुख द्ववारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गत आइतबारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रूपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरू रद्द भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरू सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् । तेन्जिङ हिल्लारी विमानस्थलको सबै उडानहरू रद्द हुन थालेपछि केही पर्यटकहरू लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ जान थालेका हुन् । केही दिनयता सल्लेरीबाट गाडीमार्फत काठमाडौँ जाने विदेशी यात्रुहरू बढेको यातयात व्यवसायीहरूले बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया