Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्राकृतिक स्रोत शुल्क खारेजी स्वागतयोग्य : सिमेन्ट उत्पादक संघ

प्राकृतिक स्रोत शुल्क खारेजी स्वागतयोग्य : सिमेन्ट उत्पादक संघ


काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले बागमती प्रदेश सरकारले गरेको प्राकृतिक स्रोत शुल्क खारेजको स्वागत गरेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेशभित्र उत्पादन हुने सिमेन्टको हकमा कारखाना मूल्यको ०.२५ प्रतिशतका दरले लिइरहेको प्राकृतिक स्रोत शुल्कलाई खारेज गरेको छ ।

यस्तै कानुनबमोजिम चुनढुङ्गा खानीको अनुमति लिई सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुले प्रयोग गर्ने चुनढुङ्गामा कर नलाग्ने व्यवस्थालाई निरन्तरता दिएकोमा संघले सरकारलाई धन्यवाद दिएको छ । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आव २०७९/०८० बाट स्वदेशमा स्थापित सिमेन्ट/क्लिंकर उत्पादन गर्ने उद्योगहरुको संरक्षण तथा सम्वर्द्धन गर्नका लागि दोहरोतेहरो कर नपरोस् भनी प्रस्तुत विधेयकले उक्त व्यवस्था गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया