‘भारत गौरव पर्यटन रेल’ जनकपुर आइपुग्यो
जनकपुर । धार्मिक पर्यटनका लागि भारतको दिल्लीबाट हिँडेको ‘भारत गौरव पर्यटन रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । तीन दिनअगाडि पाँच सय यात्रु लिएर जनकपुरको लागि दिल्लीबाट छुटेको रेललाई जनकपुरधामको रेल्वे स्टेसनमा प्रदेश सरकार, जानकी मन्दिर, जनकपुुरधाम उपमहानगरपालिका साथै स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए ।
जय सीयारामको नारा लगाउँदै धार्मिक पर्यटकहरूले आफूहरू जानकी माताको जन्मस्थल जनकपुरधाम आउँदा निकै खुशी लागेको बताए । पर्यटकहरू जानकी मन्दिरमा दर्शन गरी गंगा आरतीमा सहभागी भएका थिए । त्यसपछि प्रदेश सरकारको तर्फबाट ती पर्यटकहरूको मनोरन्जनका लागि जानकी मन्दिरकै प्रांगनमा रामसीतासँग जोडिएर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । पर्यटकहरूलाई जनकपुरधामका धार्मिक पर्यटकीय धरोहरका बारेमा जानकारी गराउने मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । यसले जनकपुरधामको धार्मिक पर्यटकीय विकासमा टेवा पुग्ने उनले बताए । यात्राले जनकपुरधामदेखि भारतबीचको रेल यात्राले पर्यटकीय दृष्टिकोणले प्रभावकारी हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।
भारतको दिल्लीबाट सुरु भएको यो भारत गौरव पर्यटक रेलले रामायणकालमा वर्णन गरिएको सीतारामसँग जोडिएका पवित्र स्थलहरूको भ्रमण गरी आठ हजार किलोमिटरको यात्रा गर्नेछ । यो रेलमा नेपाल आएका पर्यटकहरू जनकपुरधाम, धनुषाधामको भ्रमण गरी शुक्रबार १२ बजे विहारको सीतामणि हुँदै रामसीतासँग जोडिएका भारतका अन्य स्थानहरूको भ्रमण गर्नेछन् ।
दिल्लीबाट निस्केको भारत गौरव रेलको पहिलो हल्ट अयोध्या र दोस्रो जनकपुरधाम रहेको छ । शुक्रबार सीतामढी हुँदै बनारस पुग्ने जनाइएको छ । प्रतिव्यक्ति भारतीय ६२ हजार तीन सय ७० रुपैयाँ खर्चेर उनीहरू १८ दिने धार्मिक यात्राको लागि निस्केका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया