बीपीमा नौ केजी वजनको ट्युमरको शल्यक्रिया
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ केजी वजनको ट्युमरको जटिल शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । उक्त शल्यक्रिया सप्तरी जिल्ला निवासी ५५ वर्षीय एक पुरुषको गत साउन ९ गते भएको थियो । उनको पेटको पछिल्लो भाग रेट्रोपेरिटोनियममा रहेको नौ केजी वजनको ट्युमरको शल्यक्रिया जीआई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणाल विक्रम देवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो । बिरामी शल्यक्रियाका लागि गत असार ३१ गते भर्ना भएका थिए ।
अस्पतालका अनुसार सामान्यतया रेट्रोपेरिटोनियल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूला रगतको नशाजस्तैः एब्डोमिनल एओर्टा, इन्फिरियर भेना कावा, मिर्गौला र यस अंगबाट आएको पिसावको नली, ठूलो आन्द्रा, शरिरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरूसँग गाँसिएको हुनाले उक्त सर्जरी जटिल मानिन्छ । उक्त बिरामीको शल्यक्रियामा ट्युमरका साथै मृगौलाबाट आएको पिसावको नली पनि काटेर जोड्नु परेको साथै बाँया भागको आन्तरिक इलियाक धमनी बाँध्नुपरेको थियो । उक्त जटिल शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणाल विक्रम देवको नेतृत्वमा जीआई सर्जरी विभागबाट प्राडा शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, युरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए । साथै एनेस्थेसिया विभागबाट प्राडा आशिष घिमिरेको नेतृत्वमा डा. अरुण मण्डल, डा. सुजन पुन र नर्सिङका टिममा गीता विक, रेनुका चौधरी र शोभा राईको संलग्नता थियो ।
यसप्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न एक कुशल टिमको सहभागिता तथा भूमिका आवश्यक हुने र सोहीबमोजिमको टिमको सहभागिताले शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । आईसीयूको दुई दिनको बसाइ र सर्जरी वार्डको छ दिनको बसाइपछि बिरामी निको भई साउन १७ गते डिस्चार्ज भएका छन् । विगत पाँच महिनादेखि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि अल्मलिरहेका बिरामी र उनका आफन्तलाई यस प्रकारको शल्यक्रिया नेपालमा सम्भव नरहेको लागेको रहेछ । तर प्रतिष्ठानमा ग्यास्ट्रो सर्जन डा. कुणाल विक्रम देवको सल्लाह र बिरामीप्रतिको सद्भाव देखेर यस प्रकारको शल्यक्रिया यसै अस्पतालमा सम्पन्न हुने विश्वास लागेको बिरामीका छोराले बताएको अस्पतालले जनाएको छ । साथै धेरै घरायसी खर्च गरेर विदेशको महँगो अस्पतालमा हुने जटिल शल्यक्रिया सर्वसुलभ तरिकाले कम खर्चमा यही नै सम्पन्न भएकोले प्रतिष्ठानप्रतिको विश्वास अझै बढेको पनि उनको भनाइ थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया