Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्स र ग्रोथ सेलरबीच सम्झौता

समृद्धि फाइनान्स र ग्रोथ सेलरबीच सम्झौता


काठमाडौं । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रालिबीच जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रक्रियामा सहयोग गर्ने फाइनान्सले जानकारी दिएको छ । संस्थाको विभिन्न शाखामा आवश्यक जनशक्ति दक्ष अर्धदक्ष, सिकारु आवश्यकता हेरि नियुक्तिको लागि ग्रोथ सेलरले समन्वय गर्नेछ ।

समृद्धि फाइनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भूमिका खेल्ने विश्वस व्यक्त गर्दै ग्रोथ सेलर प्रालिका संस्थापक अध्यक्ष मोहन ओझाले समृद्धिसँग जोडिन पाउनु खुशीको कुरा रहेको जानकारी गराए । त्यस्तै संस्थाको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गर्ने मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले उक्त सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवश्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना गरेको र यसले दुवै संस्थालाई फाइदा पुग्ने विचार व्यक्त गरे ।

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया