हुवावेले सात नेपाली विद्यार्थीलाई थाइल्यान्ड लैजाने
काठमाडौं । हुवावेले दोस्रोपटक सिड्स फर द फ्युचर कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रम हुवावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम हो । यो सबै आईसीटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित छ । हुवावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलोपटक थाइल्यान्डमा २००८ मा सुरु भएको थियो । त्यस बेलादेखि एक सय ३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।
यस वर्ष नेपालभरबाट दुई सय ५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा सात जना विद्यार्थीलाई छनोट गरिएको थियो । नेपालबाट छनोट भएका सात विद्यार्थीहरु निर्माण खड्का काठमाडौं विश्वविद्यालय, वंशज पौडेल मदन भण्डारी मेमोरियल कलेज, जतिन भुसाल ख्वपाः इन्जिनियरिङ कलेज, रीया वैद्य पुल्चोक क्याम्पस, नदिका पौडेल पुल्चोक क्याम्पस, प्रज्ञा मल्लिक काठमाडौं विश्वविद्यालय र अजु तामाङ अमृत साइन्स क्याम्पस छन् । जुलाईमा छनोट भएदेखि, विद्यार्थीहरूले विभिन्न संलग्नतामार्फत नेपालको आईसीटी उद्योगमा अन्तर्दृष्टि प्राप्त गर्दै आएका छन् । विद्यार्थीहरूले नेपालमा डाटा सेन्टरसम्बन्धी कक्षाहरू प्राप्त गरेका छन् । संगठनको ‘द नेक्स्ट ५०’ अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ ।
विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन्, जहाँ उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर फाइभजी एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूबारे सिक्नेछन् । यसका साथै फाइभजीको व्यावहारिक अनुप्रयोगहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस–सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन् । यस्तै उनीहरूले टिच फर गुड प्रतियोगितामा पनि भाग लिनेछन् । यस परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टिच फर गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन् । उनीहरू फर्किएपछि विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा हुवावे निर्मित बेस स्टेसनको भ्रमण गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया