बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
ढाका । इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको सम्भावना नरहेको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफले जनाएको छ ।
आईएमएफले बंगलादेश श्रीलंकाजस्तो आर्थिक संकटको जोखिममा नरहेको बताएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बंगलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मंगलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बंगलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताए ।
आईएमएफका अधिकारीका अनुसार बंगलादेशको बाह्य ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात १४ प्रतिशतको हाराहारीमा रहेको र तुलनात्मक रूपमा कम रहेको र प्रायः सहुलियतपूर्ण प्रकृतिको छ । त्यसैले कर्जा संकटको जोखिम कम छ । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले फाइनान्सियल टाइम्सलाई पठाएको जवाफमा भनिएको छ, ‘अहिले ४० अर्ब अमेरिकी डलर सञ्चिति रहेको छ, जुन पाँच महिनाभन्दा बढीको आयात भुक्तानीका लागि पर्याप्त छ र आईएमएफले तोकेको जोखिमको सीमाभन्दा बढी छ ।’
घरेलु पेट्रोलको मूल्य तीव्र गतिमा बढेसँगै बंगलादेशले रुसबाट कच्चा तेल आयात गर्ने सोच बनाएको छ । बंगलादेशका विदेश सचिव मसूद बिन मोमेनले कच्चा तेल आयातको विषयमा निर्णय गर्न रूसको एक विशेषज्ञ प्रतिनिधिमण्डल चाँडै ढाका आउने बताए छ । यस महिनाको सुरुमा बंगलादेशको इन्धनको खुद्रा मूल्य सन् १९७१ मा बंगलादेशस्वतन्त्र भएयता कहिल्यै नदेखिएको स्तरमा वृद्धि गरिएको थियो । बंगलादेश सरकारले अगष्ट ६ देखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतसम्म बढाएको छ । सरकारी वितरण कम्पनीहरूमाथिको अनुदानको भार कम गर्न खुद्रा बजारमा पछिल्लो मूल्यवृद्धि अपरिहार्य भएको अधिकारीहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई अझ खराब बनाउनेछ । बंगलादेशको मुद्रास्फीति जूनमा बढेर ७.५६ प्रतिशत पुगेको छ । यो वृद्धि दर करिब नौ वर्ष यताकै उच्च हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया