नेपाल क्रेडिट एन्ड कमर्स बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको आयोजना तथा सन इन्फोटेक लि.को संयोजकत्वमा यही भदौ १७ गते शुक्रबार ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको थिए । यसैगरी उनले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइरहेको निक्षेप, कर्जालगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारे । प्रस्तुतिको क्रममा उनले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, ब्याजदर, लगानीकर्तालाई प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए ।
यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पूर्वप्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले स्रोत व्यक्तिको रूपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ कारोबारको प्रयोग बढाउनुपर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए । उनले व्यवसाय गर्न समुचितरूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्तमा सहभागीहरूले उठाएका जिज्ञासाहरूसँग सम्बन्धित अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो ।
कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको समुपस्थिति रहेको रहेको थियो । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा, १५ वटा एक्स्टेन्सन काउन्टर र एक सय ३७ वटा एटीएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया