स्याकार ट्रेडिङद्वारा ‘होण्डाको दशैँको शुभ लाभ’ योजना सार्वजनिक
काठमाडौं । होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैँको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत सात लाख रुपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै सात प्रदेशबाट एक–एक जना गरी सात जनाले सात लाख रुपैयाँ, बम्परमा लक्की ड्रमार्फत १५ लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै इजी फाइनान्सको पनि सुविधा छ ।
यो योजना सोमबारबाट सुरु भएको र सीमित अवधिसम्म मात्रै लागू हुने बताइएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने कम्पनीले विश्वास लिएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया