जीडब्ल्यूएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर
काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले दशैँ, तिहार र छठको अवसर ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक गरेको छ । यो अफर जीडब्लुएमका सबै प्रकारका गाडीको खरिदमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत जीडब्ल्यूएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । साथै यस योजनामा एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्रि मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् । साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयं वा आफ्नो परिवारसँग कसैको पहिले नै जीडब्ल्यूएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् ।
ग्राहकहरुले निःशुल्क एसेसरिजसहित पाँच वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ । यस्तै आर्थिक वर्ष २०७८/०७९ को रोड ट्याक्स फ्री र फ्रि एसेसोरिज समेत पाइने कम्पनीले जनाएको छ । ग्रेट वाल मोटर नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोबल मोडेलहरुका नेपालमा उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया