नर्भिकले बृहत् निःशुल्क स्वास्थ्यशिविर गर्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार बृहत् स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ । अस्पतालले काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत् र निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्नलागेको हो ।
शनिबार बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्यशिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ । अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्सलगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।
अस्पतालले वृहत निःशुल्क स्वास्थ्यशिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
- मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
- वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य
- यार्सागुम्बा सिजन सुरु भएसँगै तातोपानी नाका सुनसान
- केहीबेरको वर्षाले बागमती प्रदेशसभा सचिवालय जलमग्न
- अत्यधिक गर्मीका कारण विद्यालय बन्द
- झण्डै चार अंकले उक्लियो सेयर बजार
- अध्यक्ष नेपालद्वारा चीन भ्रमण रद्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया