Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२३ देखि कृषिमा आधुनिकीकरण सुरु गर्ने श्रीलंकाको घोषणा

२३ देखि कृषिमा आधुनिकीकरण सुरु गर्ने श्रीलंकाको घोषणा


कोलम्बो । श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिंघेले श्रीलंकाले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन् । विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताएका हुन् ।

कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो । उनले भने, ‘सन् २०२३ को अन्त्यसम्ममा हामीले आधुनिकीकरण कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्छ । हामीले कृषिबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ ।’

‘सन् २०५० सम्ममा हाम्रो जनसङ्ख्या दुई करोड ५० लाख पुग्नेछ । हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौं भने खाद्य समस्या पेचिलो बन्नसक्छ’, उनले थपे । विक्रमासिंघेले श्रीलंकामा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्याले धेरै अवसरहरू प्रस्तुत गरेको बताए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया