Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभृकुटीमण्डपमा दशैँ लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

भृकुटीमण्डपमा दशैँ लक्षित डिजी पे स्टक क्लियरेन्स मेला


काठमाडौं । दशैँको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्नलागेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजय सागर प्रधानले जानकारी दिए । उनका अनुसार एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दशैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो । नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत् मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ । प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिपेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैँ विशेष छुट पाउनेछन् ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैँको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए । मेलामा दशैँका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजलगायतका स्टलमा उपभोक्ताका आवश्यकताअनुसारका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ’, प्रधानले भने ।

दशैँको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौँतारिनुपर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गरिएको उनको भनाइ छ । असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया