‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक
काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले ‘नयाँ चार सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ । कम्पनीले चितवनमा आयोजित एक कार्यक्रमका बीच जेनसेट सार्वजनिक गरेको हो ।
नयाँ चार सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । १२५ केभीए ‘चार सिलिन्डर’ डिजेल जेनसेट नेपालभर रहेका सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल महिन्द्रा पावरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीएसम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ ।
यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिने बताइएको छ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउनेछ । महिन्द्रा पावरल डीजी जेनसेटहरू अग्नि मोटोइन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम समयमा सेवा गर्न सबैभन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया