वार्षिक कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै
काठमाडौं । वार्षिक कलिङ्गा साहित्यिक महोत्सव ललितपुरमा हुने भएको छ । दुई दिने साहित्य महोत्सव आगामी अक्टोबर १५ गते र १६ गते हिमालय होटल, ललितपुरमा आयोजना हुने आयोजकले जनाएको छ । नेपाली तथा भारतीय साहित्यलाई प्रवद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा ‘भारत र नेपाल: सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने विषयको साथ साहित्यिक भावनाको सबैभन्दा ठूलो उत्सव हुनेछ । यसका साथै साहित्य र साहित्यिक माहोल बनाउने उद्देश्यले गर्न लागिएको सो कार्यक्रममा नयाँ पिँढीलाई साहित्यको विषयमा अवगत गराउने तयारी रहेको छ ।
नेपाली साहित्यमा आएका नयाँ आयामलाई लिएर समेत विवेचना गरिने आयोजकले जानकारी दिएका छन् । महोत्सवमा दुई सय जनाभन्दा बढी प्रखर वक्ताहरू, कविहरू, कलाकारहरू सहभागी हुनेछन् भने २८ भन्दा बढी प्यानल छलफल, बहस र कुराकानी हुनेछ । यस्तै महोत्सवमा सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार विजेताहरू ‘राम कि शक्ति पुजा’मा थिएटरसहित चार प्रदर्शन सत्र प्रतिनिधित्व गर्न उपस्थित हुनेछन् । यसका साथै स्थानीय कलाकारहरू समेत सहभागिता रहनेछ, जसले कान्तिपुर आर्ट फेस्टिवलमा प्रदर्शन गरिरहेका छन् ।
साथै ३० कलाकारहरूले उत्सवको समयमा उनीहरूको कलाहरू प्रदर्शन गर्नेछन् । प्रख्यात लेखक सत्यमोहन जोशी, कनकमणि दीक्षित, तुलासी दिवस, रागिनी उपाध्याय, माया ठकुरी, डा. जगमान गुरुङ, आशोक वाज्पेई, सुधिर चन्द्र, अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता गीताञ्जाली श्री, मृदुला गर्ग, अरुण कमल, रन्जित राय, आनंद नीलकण्ठ, दिनेश अधिकारी, प्रो गोपाल भण्डारी, बसन्त चौधरी, प्रो. बासुदेव त्रिपाठी, डिलेन्दप्रेमाराशी, नयन राज पाण्डे, एशेस मल्ल, रञ्जना निरौला, मन्जु कन्चुली तिवारी, नयन राज पाण्डे, डा. गानु पाण्डे, तेर्था श्रान्था, ओम तन्वी, गागम गिल, मालिनी अवस्थी, डा. सुधा गोपालक्रिष्णन, वायोमेश शुक्ला, आशोक माहेस्वारी, बलिउड गीतकार पुश मिश्रा र राज सेखार समीरले महत्सोवमा सहभागी हुने छन् ।
साहित्यिक भावना वार्षिक कलिङ्गा साहित्यिक आयोजकले महोत्सव काठमाडौंको सबैभन्दा ठूलो उत्सव हुने भन्दै त्यसमा सहभागी हुने सबैमा आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया