टेलिकमको सस्तोमा सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । गत मंगलबारदेखि सञ्चालनमा आएको यो सेवा कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
यो अफरअन्तर्गत दुई हजार, पाँच हजार र १० हजारवटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रतिसन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन जम्मा एक हजार रुपैयाँ मात्र लाग्नेछ । त्यसैगरी दुई हजार पाँच सय रुपैयाँमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने प्याक र पाँच हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भावलगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।
यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस डट एनटीसी डट नेट डट एनपी लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याकमा भएका नम्बरहरू एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया