काठमाण्डौं,फागुन २३
सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका बाबजुत अर्थतन्त्रका ज्ञाता डा. युवराज खतिवडा फेरि अर्थमन्त्री नियुक्त भएका छन् । उनले पदभार ग्रहण गर्दै कमाण्डरले फिर्ता नबोलाउँदासम्म युद्ध मैदानमा डटिरहने घोषणा गरेका छन् । उनले मगंलबार पदबाट राजीनमा दिएका थिए र बुधबार फेरि अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गरेका थिए । उनलाई अर्थमन्त्रीबाट हटाउन उनकै पार्टी नेकपाको सचिवालयका बहुमत सदस्यले निर्णय गरे पनि प्रधानमन्त्री केपी ओली उनलाई हटाउने पक्षमा छैनन् । प्रधानमन्त्री ओलीले आफूलाई सरकार चलाउन अर्थतन्त्र बुझेको अर्थमन्त्री डा. खतिवडा नै भएको अडान दोहो¥याउँदै आएका छन् । तर, अर्थमन्त्री खतिवडालाई विस्थापन गर्न पार्टीमा उनका विपक्षी खेमाले पार्टी उपाध्यक्षमा हालै मनोनित भएका गत प्रतिनिधिसभामा पराजित वामदेव गौतमलाई सारेर अप्ठ्यारोमा पार्ने कोसिस गरेका हुन् । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिटका लागि प्रधानमन्त्री ओली डा. खतिवडालाई सिफारिस गर्ने तयारीमा रहेको बेला पार्टी सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरेपछि छताछुल्ल भएको विवादका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमेत थपेर प्रधानमन्त्री ओलीले खतिवडालाई बुधबार फेरि अर्थमन्त्री बनाएका हुन् ।अर्थमन्त्री खतिवडा अर्थतन्त्रको ज्ञाता छन्, त्यही कारण यहाँका बिचौलिया दलाल र भुइँफुट्टा व्यापारीहरू उनका विरुद्ध मोर्चाबन्दी गरेर लागेका छन् । तिनै कालोधन थुपार्ने व्यक्तिहरूको लगानीमा अहिले अर्थमन्त्री खतिवडाको कमाण्डर प्रधानमन्त्री ओलीमाथि अर्थमन्त्री फेर्न दबाब परेको छ ।
कालोधन खासगरी दुई प्रकारका हुन्छन् । पहिलो किसिमको कालोधनमा वैद्य व्यवसाय गरेको तर कर नतिरेको हुन्छ । दोस्रो किसिमको कालोधन अवैध कारोबारबाट जम्मा गरिएको हुन्छ । यस्तो कालोधन चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, हातहतियारको कारोबारलगायतबाट जम्मा हुन्छ । नेपालमा कुनै ठोस उद्योगधन्दा छैनन् तर पनि केही व्यक्ति वर्षेनी धनी हुँदै गएका छन् । हामीकहाँ उल्लिखित दुवै किसिमका कालोधन थुपार्ने व्यक्तिहरू प्रशस्त छन् । घुस्याहा, कमिशनखोर, दलाल, तस्कर एकाध वर्षमै नवधनाढ्य उद्यमी, व्यवसायी भएर निस्किएका छन् । भर्खरै मात्र आन्तरिक द्वन्द्वबाट उम्किएको नेपालमा लागुऔषध, चेलिबेटी बेचबिखन, हातहतियारको खरिद र ओसारपसारका कमिशनले पनि नवधनाढ्य जन्मिएका छन् । हुण्डी आदिका अवैध कारोबारीको ठूलो सञ्जाल रहेको छ । नेपालमा यसरी जम्मा भएको कालोधन विदेश पु¥याएर त्यहाँबाट वैदेशिक लगानी भित्र्याएको भनेर कालोधनलाई चोख्याएर भित्र्याउने र भित्र्याउन खोज्ने पनि थुप्रै व्यक्ति छन् । कर छल्ने नक्कली भ्याटबिलको कारोबार गर्ने अपराधीहरूको पनि यहाँ कुनै कमी छैन । यहाँको राजनीतिक नेतृत्वमा यिनै कालोधनका मालिकहरूको पकड रहेको छ र उनीहरू आफूलाई प्रतिकूल हुने नेतृत्वलाई टपक्क टिपेर फाल्ने हैसियत राख्दछन् । तिनै कालोधनका पारखीहरूले अहिले झण्डै दुई तिहाइ बहुमतको सरकारलाई शासन गर्न नदिन आसन हल्लाउने प्रयास गरेका छन् । तिनै व्यक्तिले आक्रमणको तारो अर्थमन्त्री डा. युवराज खतिवडालाई बनाएका छन् । नेपालको राजनीतिमा कालोधनले प्रभाव जमाउन खोजेको यो पहिलो अवसर होइन, कृष्णप्रसाद भट्टाराईले रुँदै सरकार छाड्नुपरेको थियो, गणेशमान सिंहले पार्टी नै परित्याग गर्नुपरेको थियो । यसबाट शिक्षा लिएर अर्थमन्त्री खतिवडाले दोस्रो कार्यकालको सुरुवात नै कालोधनको भकारी फुटाएर गर्नु पर्दछ । अहिले त्यस्तो कालोधन थुपार्ने एउटा भकारी केही सहकारी पनि छन् । त्यहीँबाट कालोधनमाथि कारबाही थाल्ने हो भने मात्रै कालोधन खर्चेर राजनीतिक नेतृत्व हल्लाउने खेल बन्द हुनेछ, अन्यथा यहाँ यस्तै भइरहनेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया