Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचिलिमे जलविद्युत् कम्पनीद्वारा १५ प्रतिशत लाभांश घोषणा

चिलिमे जलविद्युत् कम्पनीद्वारा १५ प्रतिशत लाभांश घोषणा


काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्ये उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमा सात दशमलव पाँच प्रतिशत बोनस र सात दशमलव पाँच प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त प्रस्ताव कम्पनीको यही पुस २२ गते हुने २६औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुस ३ गते सेयरधनी दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया