सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक थापाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ६ गते र २०७९ भदौ ६ गतेको फैसलाले अनिललाई नौ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना र २०७९ असार २८ गतेको फैसलाले पुष्पराजलाई तीन दिन कैद र छ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । फैसलापछि फरार रहेका अनिल कुमारलाई पर्सा, वीरगञ्ज मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि अनिल कुमारलाई जिल्ला अदालत चितवन र पुष्पराजलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया