लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं, फागुन ३०
प्रहरीले सवारी लाइसेन्सको ट्रायल दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । नेपाल ड्राइभिङ सेन्टर, गंगाहिटीमा सञ्चालन भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. १० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं.३ वस्ने वर्ष १९ को सुभाषसिंह धामी रहेका छन् । न्यौपानेमाथि शंका लागी परीक्षा दिनको लागि आवश्यक पर्ने कागजात चेकजाँच गर्दा उनले बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.१० बस्ने वर्ष १९ को कुन्का थाप्के थापाको ट्रायल दिन आएको पाइएको महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताए ।
प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाषसिंह धामीले सम्पर्कमा ल्याएको परीक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी बयान दिएका छन् । प्रकाउ परेका ती व्यक्तिहरूलाई मुलुकी अपराध संहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्यक कारबाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया