Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकिसानका उत्पादन देशैभर पुगे

किसानका उत्पादन देशैभर पुगे


काठमाडौं । किसान पाइप प्रोडक्स प्रालिले आफ्ना उत्पादनहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सफल भएका बताएको छ । शनिबार राजधानीमा भएको १३औँ साधारणसभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले कम्पनीको उत्पादन देशरभर पुगेको जानकारी दिए ।

लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएको हुनाले आफ्नो कम्पनीले गुणस्तरीय निर्माण सामग्री मात्रै उत्पादन गर्ने गरेको र यही कारण देशभर कम्पनीका सामानको माग उच्च रहेको उनको दाबी छ । ‘हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौँ’, उनले भने । आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कमर्सियल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिङ्स दिन सफल भएको उनको भनाइ छ ।

१२ वर्षअगाडि नवलपरासीको बर्दघाटमा ट्यांकी फ्याक्ट्री र पाइप उत्पादनबाट सुरु गरेको यो कम्पनीले अहिले फिटिङ यूपीभीसी, एचडीभी, पीभीसी रातो माल्डो ट्यांक, ब्लो ट्यांक, बोरिङ पाइपलगायतमा विस्तार भएको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर अजय पाण्डेले कम्पनीले जापनिज ब्राण्डसँग टाईअप गरेर अगाडि बढेको जानकारी दिए । कम्पनीको व्यापार व्यवसाय दिनप्रतिदिन व्यवसाय वढेको र यसको मुख्य श्रेय उपभोक्ताको विश्वास रहेको उनको भनाइ थियो ।

कम्पनीका निर्देशक भीम पौडेलले अहिलेको नाजुक अवस्थामा पनि कम्पनीको गुणस्तरीय उत्पादन गरेर राम्रो बजार भएको बताए । साथै उनले कम्पनीमा थप पुँजी लगानी गरी देशकै नमूना उद्योग बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सेयर होल्डरहरु प्रेम महर्जन, अजय अटल, फनिन्द्रराज पोखरेल र सुरेन्द्र श्रेष्ठले डिलरहरुबीच आपसी सहकार्य गर्ने बताए । एकअर्काको परिपूरक भएर बजारमा आफ्नो ब्राण्डलाई लैजानुका साथै उत्पादनलाई सहज र सुलभ रुपमा बजारको मागअनुसार उपलब्ध गराउनुपर्नेमा उनीहरुले जोड दिए । कम्पनीले साधारणसभामा उत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरेको थियो ।

राजेश सेनिटरीका विकास अग्रवाल, दाङका फनिराज पोखरेल, काठमाडौं रविन्द्र प्रधानांग, काठमाडौं कोटेश्वरका राजेन्द्र माखारी र सानेपाका अजयकुमार पाण्डेलाई उत्कृष्ट सामान बिक्री गरेकोमा दोसल्ला ओढाएर सम्मान गरिएको हो । किसान पाइप प्रोडक्सको नेपालभरि तीन सय ५० भन्दा बढी डिलरहरु रहेका छन् भने यसले सीपीभीसी, पीभीसी, एचडीपीई पाइप तथा वाटर ट्यांक पनि बलियो र टिकाउ, उत्कृष्ट उत्पादन गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया