२० हजार घुससहित सशस्त्रका हवल्दार पक्राउ
काठमाडौं । २० हजार रुपैयाँ घुस लिएको रकमसहित सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ ।
सहायक हवल्दार सेनले ट्र्याक्टरमा माटो ओसारपसार गर्नेसँग घुस माग गरेका थिए । उनले घुस माग गरेको उजुरी अख्तियारको बुटवलस्थित कार्यालयमा परेको थियो । सोही उजुरीको आधारमा गएको अख्तियारको टोलीले सहायक हवल्दार सेनलाई घुस लिएको रकमसहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार सहायक हवल्दार सेनलाई रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट पक्राउ गरी अनुसन्धान थालिएको छ ।
क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #page 2
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया