सर्भरमा समस्याका कारण अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध
काठमाडौं । केन्द्रीय सर्भरमा समस्या आएको कारण स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । आइतबार बिहानै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित गरिएको बताएको छ ।
बिहानैबाट सर्भरमा समस्या आएको हुँदा देशभरका स्वास्थ्य बीमाका सर्भर चलेका छैनन् स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बताए ।
केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको ज्ञवालीको भनाइ छ । के कारणले यस्तो भइरहेको छ हामीले त्यसको कारण खोजिरहेका छौं उनले भने ।
शनिबार स्वास्थ्य बीमाको काम बन्द हुने भएकाले आइतबार विहानैदेखि अस्पतालहरुमा सेवाग्राहीहरुको भीड बढिरहेको छ । सर्भरमा समस्या आएको भन्दै अस्पतालहरुले बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया