स्वावलम्बन लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण
काठमाडौं, चैत ९
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं.६ बसविट्टास्थित आधारभूत विद्यालयका १ सय जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं. ६ का अध्यक्ष विजय कुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरे । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतिमा टेवा पु-याएको बताए ।
इलाका कार्यालय लहानका इलाका प्रबन्धक मेघ बहादुर खड्काले वित्तीय संस्थाको ऐतिहासिक पृष्ठभूमि र हाल पु-याइरहेको सेवाका सम्बन्धमा आफ्नो मन्तव्य राखे । उनले वित्तीय संस्थाले विभिन्न स्थानमा यस प्रकारको सहयोग गर्दै स्थानीय विपन्न वर्गको शैक्षिक स्थितिमा सुधार ल्याउन क्रियाशील रहेको बताए । शाखा कार्यालय सिरहाका कार्यालय प्रमुख जयप्रकाश निरालाले शाखा कार्यालयबाट प्रवाह भएको सेवा बढीभन्दा बढी प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । उनले सहभागी सबैलाई धन्यबाद दिँदै बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया