प्रधानमन्त्री त्रिदेशीय कप : लाओसलाई २–० गोलअन्तरले पराजित गदैँ नेपाल विजयी
राजधानीमा बुधबारदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक गोल थपे । खेलको ३०औँ मिनेटमा अनन्तले नवीन लामाको पासमा हेडमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ५६औँ मिनेटमा नवयुगले गोल गरे । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेपालको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलमा गोल हुनसकेन र नेपालले लाओसविरुद्ध २–० को सहज जित हासिल ग¥यो । खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए ।
प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् ।
उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफनो दोस्रो खेल यही चैत १४ गते भूटानसँग खेल्नेछ । त्यसअघि लाओस र भूटानले यही चैत ११ गते खेल्नेछन् ।रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया