Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पेको नयाँ अफर– ‘५ को ५’ बाट अब इयरबड्स जित्ने मौका

आईएमई–पेको नयाँ अफर– ‘५ को ५’ बाट अब इयरबड्स जित्ने मौका


काठमाडौं । आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’ले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

चैत १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम, जस्तैः लिन्क गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा ई–बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आईएमई–पे वालेटबाट आईएमई–पे वालेटमा कम्तीमा पाँच पटक पैसा लोड गर्दा पाँच जना भाग्यशाली विजेताहरूले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् ।

यसका साथै, हरेक दिन कम्तीमा एक पटक सोही माध्यमहरूबाट आईएमई–पे वालेटमा पैसा लोड गर्दा एक जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् । सो रकम विजेताको वालेटमा लोड हुनेछ । यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात् लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको हो ।

आईएमई–पेको बारेमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित ‘आईएमई–पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया