Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


काठमाडौं, चैत १०
मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरूलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरूले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया