काठमाडौं । माउन्टेन डिउले अनुप विक्रम शाहीको साथमा डरको अगाडि जित छ भन्ने नयाँ टीभीसी सार्वजनिक गरेको छ । कम्पनीको ब्रान्ड सद्भावनादूत अनुप विक्रम शाहीलाई नयाँ टीभीसीले एउटा ठूलो जोखिमपूर्ण स्टन्टमा प्रस्तुत गरेको छ ।
माउन्टेन डिउले सधैँ नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्मशंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ । नेपाली युवाहरुलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टीभीसीमार्फत उनीहरुभित्रको डरभन्दा बाहिर निस्किन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउन्टेन डिउले ब्राण्ड सद्भावनादूत अनुप विक्रम शाही अभिनीत आफ्नो नयाँ टीभीसी सार्वजनिक गरेको हो ।
जिन्दगी–भन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टन्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्रान्डको विद्यमान ‘डरको अगाडि जित छ’ भन्ने मूलमन्त्रलाई नेपाली उपभोक्ताहरुमाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ । टीभीसीमा माउन्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जस अनुसार अगाडि आइपरेको चुनौतीहरु सामना गर्नुपर्दा त्यहाँ दुई रोजाइहरु हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने ।
प्रचार अभियानबारे पेप्सी नेपालका वरिष्ठ मार्केटिङ्ग डाइरेक्टर अनुज गोयलले कम्पनीको नयाँ रोमाञ्चकारी र अत्यन्त जोखिमपूर्ण स्टन्टमार्फत माउन्टेन डिउले वास्तविक हिरोहरुलाई सम्मान गरेको बताए । नयाँ माउन्टेन डिउ प्रचार अभियान र टीभीसी टिभी, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापकरुपमा प्रचारप्रसार गरिने उनको भनाइ छ । माउन्टेन डिउ आधुनिक एवं परम्परागत पसलहरुका साथसाथै इ–कमर्स प्लेटफर्महरुभर सिंगल/मल्टि सर्भ प्याकहरुमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया