Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरविको अनुहारमा बीपीको चमक र घण्टीमा रुखको छाया

रविको अनुहारमा बीपीको चमक र घण्टीमा रुखको छाया


काठमाडौं,यही १० गते सम्पन्न बारा, चितवन र तनहुुँको उपनिर्वाचनको परिणाम सार्वजनिक भएसँगै नयाँ संकेत देखिएका छन् । प्रमुख राजनीतिक दलका उम्मेदवारहरू कतै पनि निर्वाचित हुन सकेनन् । निर्वाचित हुने कुरा त परै जाओस् नयाँ दलसँग छेउछाउको प्रतिस्पर्धा गर्ने हैसियतमा पनि देखिएनन् । हुँदा तीन क्षेत्रको मात्रै उपनिर्वाचन भएको हो तर यसले भविष्यको नयाँ संकेत गरेको छ ।

चुनावमा सत्ता गठबन्धनका दलहरू एक ढिक्का भएर होमिएका थिए । तर पनि जनताले गठबन्धनका उम्मेदवारहरूलाई जिताएनन् । बाराको निर्वाचनमा अघिल्लो पटक एमाले गठबन्धनमा रहेर सीके राउतसँग सप्तरीमा पराजित जसपा अध्यक्ष उपेन्द्र यादवको एउटा परिणाम आयो तर चितवन र तनहुँमा चाहिँ गठबन्धन सबै होमिँदा पनि जनताले दाम्लो चुँडाएर फुक्का भएको परिणाम दिएका छन् ।

उपनिर्वाचनको टिकट वितरणअघि नेपाली कांग्रेसले पुलपुल्याएर राखेको डा. स्वर्णिम वाग्लेले कांग्रेसबाट टिकट नपाउने संकेत पाएपछि स्वतन्त्र पार्टीका रवि लामिछानेको चेहरामा बीपी कोइरालाको छाया देख्छु भनेर त्यही पार्टीमा प्रवेश गरे, टिकट लिएर चुनावमा होमिए । कांग्रेसका दाजुभाउजूको उछितो काढे । तर उनले विदेशको जागीर र बसाइ छाडेर स्वदेश फर्किएपछि दाजुभाउजूलाई रिझाएर उनीहरूकै इसाराअनुसार काम गर्दै आएका थिए ।

महत्वाकांक्षा बोकेर आएका वाग्लेलाई मंसिर ४ मा टिकट नदिएपछि गगन विश्वप्रकाशले काँध थापेर उचाल्नु उचाले । यहाँसम्म कि गगनले स्वर्णिमका लागि काठमाडौं ४ छाडिदिने घोषणा समेत गरे तर उनले छाड्दा पनि वाग्लेले नपाउने भएपछि गगन आफैँ फर्किए । वाग्लेलाई चाहिँ घोषणापत्र बनाउने जिम्मा लगाए । यसअघि दाजुभाउजूकै निगाहमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेका वाग्लेले रामै्र बनाउलान् भन्ने धेरैले अपेक्षा गरेका थिए तर कांग्रेसको घोषणापत्र सोचेजस्तो आएन । उनी जस्तो थिए त्यस्तै आयो । उनले आफूले बनाएको घोषणापत्रको स्वामित्व पनि आफूले गरेको र प्रश्न उठेका जति अरुले राख्न लगाएको भनेर उम्किने प्रयास गर्दै आए ।

त्यसो त उनी विदेशमा बस्दा पनि जिम्मेवारी लिएर विवेकपूर्ण काम गरेका व्यक्ति होइनन् । उनी यूएनडीपीका कन्सल्ट्यान्ट थिए । स्थायी कर्मचारी थिएनन् । कन्सल्टयान्ट भनेको उनीहरूले लाए÷अराएको काम गर्ने जिम्मेवारी हो । स्वविवेकले काम गर्ने अवसर होइन ।

उनले नेपाली कांग्रेसको घोषणापत्र बनाउँदा पनि त्यस्तै ठाने र त्यस्तै गरे । योजना आयोगको उपाध्यक्ष हुँदा पनि त्यस्तै गरे । त्यही कारण उनले मौका पाउँदा पनि मुलुकमा आमूल रूपान्तरणको मार्गचित्र बनाउन सकेनन् । विश्वमा विकास निर्माण धेरै भइसकेकाले त्यो देखेर नेपाली जनताले पनि उनीबाट त्यस्तै मार्गचित्रको अपेक्षा गरेका हुन्, तर उनले आफूसँग हुँदै नभएको कुरा दिऊन् पनि कसरी ? संविधानसभाको निर्वाचनपछि परिवार दलका एकनाथ ढकालले दुई सय ४८ जना संविधानसभा सदस्यलाई थाइल्याण्ड लगेछन् ।

उनीसँगको भेटमा एक जना पत्रकारले ती संविधानसभा सदस्यलाई त्यहाँको विकास निर्माण अवलोकन गराउनु भएन ? भनेर प्रश्न गर्दा उनले भनेछन्, ‘अवलोकन त गराइयो र उनीहरूको ध्यान त्यता होइन उता मात्रै गयो ।’ सम्भवतः त्यो संवाद पनि बैंककमै भएको थियो । त्यसकारण लिनेले कसरी लिएको छ भन्ने कुरा महत्वपूर्ण हुनेरहेछ । नेपाली जनता नानीमैयाकै पालादेखि यस्तै हुटहुटीको सिकार हुँदै आएका छन् । जनता यसरी हौवा र हुटहुटीको पछि लाग्नुपर्ने कारणको कारणचाहिँ सत्ताधारीको अक्षमता नै हो । त्यसमा पनि २०४६ पछि त कांग्रेसकै नालायकीपन जिम्मेवार छ ।

२०४६ मा जनताले कांग्रेसलाई परिर्वतनका लागि साथ दिएका थिए । व्यवस्था फालिदिए चुनाव जिताएर सत्तामा पु¥याइदिए । त्यसपछि निरन्तर कांग्रेस सत्ताकै वरिपरि छ । वामपन्थीहरूले नै सत्ता चलाउँदा पनि कांग्रेसको मूल नीतिविपरीत जान सकेका छैनन् । तर पनि जनताको मन जित्न सकेन । कांग्रेसले कुरा एउटा ग¥यो काम आफ्नो स्वार्थको मात्रै ग¥यो । विचार र व्यवहार मिलाएन विचार राम्रो हो तर व्यवहार घिनलाग्दो छ ।

कांग्रेसले कांग्रेसकै कुरा नपत्याउने अवस्था छ । प्रजातान्त्रिक समाजवादको कुरा गरे पनि कामचाहिँ कमिसनतन्त्र र घुसखोरीकै छ । निष्ठा, त्याग र समर्पण कांग्रेसबाट टाढिँदै गएका छन् । यहाँसम्म कि चुनावको टिकट पाउनका लागि पनि नेतृत्वका आसेपासेमार्फत नजराना चढाउनुपर्ने अवस्था छ । त्यो खर्च उठाउन नै पनि गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।

२०३७ सालमा गराएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा नानीमैया दाहालले अत्यधिक बहुमत पाइन् र चुनाव नानीमैयाको विजय जुलुस आइरहेको थियो । त्यतिबेला प्र.ने.का.को केन्द्रीय कार्यालय पनि अलमलै थियो । बीपी गणेशमान र किसुनजीलगायतका नेताहरू पार्टी अफिसको कौसीमा बसेर गफ गरिरहेका थिए ।

नानीमैयाले यति धेरै मत कसरी पाइन् ? यसको अर्थ के हो भनेर बेनीवहादुर कार्कीले सोधेछन् र गणेशमान सिंहले पञ्चायतविरुद्धको आक्रोश भनेर जवाफ दिएछन् । किसुनजीको त्यस्तै झालेमाले जवाफ आएछ । प्रसङ्गको अन्त्यमा बीपीले भन्नुभएछ, ‘नानीमैयाको जितलाई हल्काफुल्का रूपमा लिएर उडायौँ भने नेपाली राजनीतिको सारभूत गाँठो पहिल्याउन सक्दैनौँ र हामीले सही बाटो समात्न सक्दैनौँ ।’ बीपीको योे विश्लेषण अहिले पनि उत्तिकै सान्र्दर्भिक छ । यस्तै अवस्था कैलाली ५ बाट २०७४ मा डा. आरजू देउवाले हार्दा पनि थियो ।

डा. आरजू नेपालमा महिलावादी आन्दोलनको अगुवा मानिन्छिन् तर उनलाई दुईटी स्वास्नी दायाँबायाँ राखेर चुनाव प्रचार गरेर उनका विपक्षी नारदमुनी राना थारुले चुनाव हराए । डा. आरजूलाई कुन शक्तिले चुनाव हराएको थियो ? त्यो बुझ्नुपदर्छ । अहिले पनि कांग्रेसलाई घण्टीले धुलो चटाएको छ । राष्ट्रपतिको क्षेत्रमा एक जना मतदाता नै नभएको बाहिरियाले कांग्रेसको उम्मेदवारलाई नराम्ररी हराइदिएको छ ।

राष्ट्रपतिले पनि आफ्नो उत्तराधिकार जोगाउन सकेनन् । त्यो जोगाउनकै लागि सत्ता गठबन्धनको साझा उम्मेदवार बनाएर सत्ताको सम्पूर्ण बल लगाइएको थियो चुनाव जित्न । तर कसैको केही लागेन घण्टीले चुनाव जित्यो । कांग्रेसले हा¥यो अनि लाज छोप्न कांग्रेसीहरूले तनहुँमा घण्टीमा कांग्रेसी लेप देख्न थालेका छन् । झल्को देख्न थालेका छन् । चित्त बुझाउने अर्को विकल्प नभएपछिको बाध्यता हो यो ।

वाग्लेले रविको अनुहारमा बीपीको झल्को देख्नु र घण्टी कांग्रेसी देख्नुपर्ने अहिलेको बाध्यता अकर्मण्यताको उपज हो । जनताले परिर्वतन खोजेका थिए । नेताले त्यो परिवर्तन आफू र आफन्तमा नै मात्र सीमित राखे । अहिले त्यसैविरुद्धको विद्रोह हो । यसलार्ई सही ढंगले बुभm्न नसके कांग्रेस इतिहासको पानामा सीमित रहन पुग्नेछ । अहिलेको घण्टीको हावा मूलतः कांग्रेसको विकल्पको खोजी हो । कम्युनिस्टहरू कांग्रेसको विकल्प बन्न सक्दैनन् भन्ने सन्देश पनि यसैबाट मिलेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया