Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा छुट

सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा छुट


काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिन भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सनराइज बैंकका सबै ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यको उपचार गराउँदा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

सम्झौतापत्रमा आइतबार सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङ महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट हस्पिटलमा भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चलगायतमा १० प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

बैंकका अनुसार सम्पूर्ण मेडिकल ‘अपोइन्टमेन्ट’को समन्वय, विमानस्थलमा ल्याउने–पु¥याउनेलगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटलअन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा समेत छुट पाइनेछ । यो योजनाबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । भारतमा उपचारका लागि जाने नेपालीका लागि लक्षित गरेर बैंकले छुट्टै हेल्थ–केयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया