नेपाल इटली चेम्बरको उपाध्यक्षमा राजवंशी
काठमाडौं । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । चेम्बरको गत सोमबार बसेको दोस्रो वैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल हुन् ।
यस्तै नेपाल इटली चेम्बरले विभिन्न विषयगत समिति पनि गठन गरेको छ । चेम्बरका अनुसार कार्यसमिति सदस्य सरिक बोगटीको संयोजकत्वमा पर्यटन प्रर्वद्धन समिति, विनोद सग्तानीको संयोजकत्वमा उद्योग तथा लगानी प्रर्वद्धन समिति, सुवासविक्रम शाहको संयोजकत्वमा व्यापार तथा आर्थिक प्रर्वद्धन समिति गठन भएको छ । यस्तै, कार्यसमिति सदस्य किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद शिक्षा तथा सामाजिक प्रर्वद्धन समिति गठन भएको नेपाल इटली चेम्बरका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए ।
अग्रवालका अनुसार विषयगत चार समितिले नेपाल र इटलीबीच आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारका क्षेत्रमा काम गर्ने भएको छ । इटलीका लगानीकर्ता तथा पर्यटकलाई नेपालमा आमन्त्रण गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा सम्बन्ध विस्तार गरिने अध्यक्ष अग्रवालले बताए । इटलीका पर्यटन व्यवसायी तथा लगानीकर्तालाई नेपालको पर्यटकीय स्थल भ्रमण गराउने निर्णय बैठकले गरेको छ । बैठकले इटली र नेपालका अन्य बिभिन्न क्षेत्रका व्यवसायीबीच छलफल गराउने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया