नेपाली बजारमा भी२७ सिरिजका स्मार्टफोन ल्याउँदै भिभो
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले भी२७ सिरिजका स्मार्टफोनहरू– भी२७ र भी२७ई नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भी२७ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र स्मार्टफोनको अनुभव वृद्धिका गर्ने विशेष अपग्रेडहरु ल्याउने दावी गरेको छ ।
भी२७ सिरिजका स्मार्टफोनहरूमा उत्कृष्ट मोबाइ फोटोग्राफी उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै यो सिरिजमा औरा लाइट पोर्ट«ेट प्रणालीलाई कम्पनीले आकर्षक विशेषता भनेको छ । जसले पोर्ट«ेटहरूमा एक्सपोजरलाई बढाउँछ र प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि अद्भुत फोटो खिच्ने सुविधा दिनेछ ।
भी२७ सिरिजलाई उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेलहरूले अझ आकर्षक बनाएको छ । यसको कर्भ स्क्रिनले नयाँ मानक प्रस्तुत गर्छ, र ठूलो डिस्प्ले ले स्ट्रिमिङ वा ब्राउजिङका लागि उपयुक्त बनाउँछ । भी२७ई मा २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्ले मोबाइलको शोभा बढाएको दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार भी२७ फाइभजीको औरा लाइट पोट्र्रेट प्रणाली तथा भी२७ई को १२० हर्जको कर्भ स्क्रिन र एमोलेड डिस्प्ले विशेषताहरुले स्मार्टफोन फोटोग्राफी र डिजाइनको लागि नयाँ मानक कायम गर्नेछ । भी२७ सिरिजका साथ, प्रयोगकर्ताहरूले कार्यात्मक र व्यावहारिक मात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया