काठमाडौं । चौधौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मकाउ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डल निर्माण व्यवसायीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिसमेत गरी नौ सदस्यीय रहेको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मकाउमा रहँदा अन्तर्राष्ट्रियस्तरमै निर्माण उद्योगमा देखापरेका समस्याहरू र समाधानका उपायसहितका छलफलमा सहभागिता जनाउनेछ । प्रतिनिधिमण्डल नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष सिंहले सम्मेलनलाई सम्बोधनसमेत गर्नेछन् । यसपटकको सम्मेलनमा नारा ‘गोइङ ग्रिन, डिजिटल एन्ड स्मार्ट फाइनान्सिङ विनविन कोअपरेसन’ तय गरिएको छ ।
चीनका निर्माण व्यवसायीहरूको संगठन र मकाउ व्यापार तथा लगानी प्रवर्द्धन केन्द्रले संयुक्तरूपमा सम्मेलन आयोजना गरेका हुन् । तेह्रौंं संस्करणसम्म ७० देशका दुई हजारभन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी भइसकेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया