Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसञ्चालक केदारनाथ शर्माद्वारा सहकारीका बचतकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना

सञ्चालक केदारनाथ शर्माद्वारा सहकारीका बचतकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना


काठमाडौं । सञ्चालक केदारनाथ शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । शर्माले ६ अर्ब रुपैयाँ भारत र म्यानमार पुर्‍याएको थाहाँ भएको छ ।

शर्माले ६ अर्ब २५ करोड नेपालमै रहेका आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका थिए । उनले भारतबाट ल्याइएको सामानको खरिद मूल्य वास्तविक मूल्य भन्दा अत्यधिक देखाई पूँजी पलायन गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले देखाएको छ ।

सहकारीका अध्यक्ष सुशील बानियाँ, उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्यहरू दिपकबहादुर ऐर र राजु साखकर्मी तथा व्यवस्थापक लिलानाथ गौतम शर्मासँगै फरार थिए । शर्मालाई सीआईबीले ११ असारमा भारतमा पक्राउ गरेको थियो ।

सहकारीका सञ्चालक अमिश राजभण्डारीले सीआईबीलाई दिएको बयानका क्रममा शर्माले ‘नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड’ नामक कम्पनी दर्ता गरेर व्यवसाय गर्ने गरेको बताएका छन् । शिवशिखर सहकारीको रकम हिमामिना गर्ने कार्यमा मुख्य भूमिका केदारनाथ शर्मा, लिलानाथ गौतम र गीता शर्माको रहेको छ,’ उनले प्रहरीलाई दिएको बयानमा भनिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया