Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषिमन्त्रीको राजीनामा माग्दै किसानले गरे प्रदर्शन

कृषिमन्त्रीको राजीनामा माग्दै किसानले गरे प्रदर्शन


काठमाडौं । राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेको छन् । कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित भएका हुन् ।

सोमबार ९ वटा किसान संघ संगठनसँग आवद्ध उनीहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले तरकारी बजारका ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया