Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारनिर्जीवन बीमा कम्पनीले उठाए २६ अर्ब २६ करोड बीमाशुल्क

निर्जीवन बीमा कम्पनीले उठाए २६ अर्ब २६ करोड बीमाशुल्क


काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र तीनवटा लघु निर्जीवन बीमा कम्पनीले १९ लाख ६३ हजार २४ वटा बीमालेख जारी गरी सो रकमबराबर बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गतवर्षको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ७६ हजार चार सय ५३ वटा बीमालेख जारी गरी २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ३२ हजार पाँच सय ५२ वटा बीमालेख जारी गरी ९९ करोड ४७ लाख छ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्सले २८ हजार दुई सय ७३ वटा बीमालेख जारी गरी एक अर्ब १८ करोड २४ लाख ७८ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि एक लाख ३४ हजार चार सय ४७ वटा बीमालेख जारी गरी एक अर्ब २६ करोड २० लाख १५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले २३ हजार चार सय ३५ वटा बीमालेख जारी गरी ७६ करोड १३ लाख ९२ हजार रूपैयाँ बीमाशुल्क आार्जन गर्दा नेको इन्स्योरेन्सले दुई लाख दुई हजार आठ सय ५२ वटा बीमालेख जारी गरी दुई अर्ब १९ करोड ९१ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्सले फागुनसम्म ८१ हजार दुई सय छवटा बीमालेख जारी गरी एक अर्ब २० करोड १७ लाख ४५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि दुई लाख आठ हजार दुई सय ४५ वटा बीमालेख जारी गरी तीन अर्ब ७१ करोड ८७ लाख २५ हजार रूपैयाँ आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले एक लाख ३२ हजार एक सय ६७ वटा बीमालेख जारी गरी एक अर्ब ६२ करोड सात लाख ३१ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक लाख ६६ हजार एक सय ८९ वटा बीमालेख जारी गरी दुई अर्ब आठ करोड ९१ लाख ७० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि एक लाख तीन हजार ४७ वटा बीमालेख जारी गरी एक अर्ब ५६ करोड १३ लाख ७३ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख तीन हजार पाँच सय ६५ वटा बीमालेख जारी गरी दुई अर्ब ५६ करोड ११ लाख ३६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक लाख ५६ हजार पाँच सय ६५ वटा बीमालेख जारी गरी तीन अर्ब चार करोड ३१ लाख ९८ हजार रूपैयाँ बीमाशुल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक लाख ६२ हजार तीन सय ५४ वटा बीमालेख जारी दुई अर्ब २० करोड २३ लाख ४६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले साउनदेखि फागुनसम्म एक लाख ४१ हजार सात सय ६९ वटा बीमालेख जारी गरी एक अर्ब ७४ करोड ६९ लाख ३२ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

लघुबीमातर्फ ४५ हजार तीन सय ५८ वटा बीमालेख जारी भएकोमा १० करोड ३३ लाख ६२ हजार रूपैयाँ बीमाशुल्क आर्जन भएको छ । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले २६ हजार दुई सय ४३ वटा बीमालेख जारी गरी चार करोड ९० लाख ९५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले नौ हजार एक सय ५० वटा बीमालेख जारी गरी तीन करोड ४८ लाख एक हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनील पनि नौ हजार नौ सय ६५ वटा बीमालेख जारी एक करोड ९४ लाख ६५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया