Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनाडा अटो सोमा ७६ हजार दर्शकले गरे अवलोकन

नाडा अटो सोमा ७६ हजार दर्शकले गरे अवलोकन


काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो सो २०२३ मा ७६ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ २६ देखि ३१ गतेसम्म चलेको १५ औँ संस्करणको नाडा अटो सोमा ७६ हजार दर्शकले अवलोकन गरेको बताइएको छ ।

उत्कृष्टरूपमा शृङ्गारिएका स्टल र अन्तर्राष्ट्रियरूपमा नाम चलेका लेटेस्ट मोडेलका सवारी साधनहरूका कारण यो प्रदर्शनी निकै भव्यरूपमा सम्पन्न भएको नाडाले जनाएको छ । थुप्रै नयाँ ब्रान्डका सवारी साधनका कारण प्रदर्शनीमा निकै ठूलो भिड समेत लागेको थियो । यो अटो सो विगतमा भन्दा निकै भव्य र बृहत् भएको अवलोकनकर्ताले समेत टिप्पणी गरेका छन् । देशमा चलेको आर्थिक मन्दीका बाबजुद आयोजना गरिएको यो अटो सोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको नाडाका अध्यक्ष डा धुव्र थापाले बताए ।

त्यसैगरी प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीको स्टल साइमेक्स इंक (बीवाईडी) प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नि मोटोनिक (जावा) प्रालिले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल एवार्ड आयाम इन्टरनेसनल प्रालि (फोर्स मोटर्स) ले र बेस्ट सर्पोटिङ स्टलको बेस्ट एवार्ड पौडेल इन्टरप्राइजेज (लिक्विइमोली स्टुडोजले) जितेको छ । नाडाले उत्कृष्ट स्टलको छनोट गर्न तीन सदस्यीय छनोट समिति समेत गठन गरेको थियो ।

१५ औँ संस्करणको नाडा अटो सोका सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । नाडा अटो सो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफनो टिकटसहित नाडाको सचिवालय टेकुमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

यस्तै, अटो सोको समापनमा प्रदर्शनीमा सहभागी एक सय २० कम्पनीलाई क्रमशः मोमेण्टो समेत वितरण गरिएको थियो । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया