जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा
काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा आयोजित जावलाखेल जुत्ता चप्पल दसैँ महोत्सव–२०८० को लक्की ड्रमार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । जुत्ता चप्पल उत्पादक समुहद्वारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’भन्ने मुख्य नारासहित आयोजना गरिएको उक्त महोत्सवमा लक्की ड्रमार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको हो ।
जावलाखेल फुटबल मैदानमा गरिएको उक्त लक्की ड्र कार्यक्रममा विजेताहरुको घोषणा गरिएको थियो । यस लक्की ड्रका विजेता मिरा तिवारीले बम्पर उपहार स्वरुप २२ हजार रुपैयाँ बराबरको खसी प्राप्त गरिन् । साथै, हरी प्रसाद अवस्थी, सीता अधिकारी, उर्मिला साह, सुस्मिता थापामगर, संगिता गौतम, विनय महर्जन, सविता खत्री, सुजन कुमार पण्डित, कल्याणी कुँवर, शिवम थापा र शिव कुमार पुन गरी ११ जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ बराबरको सपिङ्ग भौचर प्राप्त गरे ।
आयोजकका अनुसार बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने छ । दोश्रो विजेताले पनि बम्पर उपहार स्वरुप २२ हजार रुपैयाँ बराबर खसी प्राप्त गर्ने छन् । विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिने जनाइएको छ । महोत्सव यहि असोज १० गतेदेखि भव्य रुपमा चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५० प्रतिशतसम्मको आकर्षक छुटमा खरिद गर्न सकिने छ ।
महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन–रोयल शुज, वेश फुटवेयरको उत्पादन–वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको–क्रस रोड शुज, शुभकामना फुटवेयरको–फस्टवाक शुज, नमस्ते फुटवेयरको–सिल्स, आर.डि.कलेक्सनको–हाई लाईफ, केटिएम शुजको–केटिएम, डि.जे. शुज कम्पनीको–डि.जे.शुज, फुड फेशनको–वेली शुज, सर अनिल टे«ड लिंक्सको–उत्सव, कोसेली छाला जुत्ता उद्योगको–कोसेली सुज गरी ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहेको छ । यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका पाउन सक्ने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाली ब्रान्ड
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया