Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसले पबजी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

टीभीएसले पबजी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने


काठमाडौं ।
दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा पबजी मोबाइल च्याम्पियनसिपलाई प्रायोजन गर्न लागेको छ । यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।

पबजी नेपालको जेन जेडमध्ये एक लोकप्रिय खेल हो । यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरुलाई प्रस्तुत गर्दछ । च्याम्पियनसिप रेजिस्ट्रेसन आइतबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । यस गेमका तीन भाग्यशाली विजेताहरुले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड इडिसन स्कुटर जित्ने मौका पाउनेछन् ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले कम्पनीको लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र यहाँका प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको बताए । यस च्याम्पियनसिपमा छ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरिएको कम्पनीले जनाएको छ । च्याम्पियनसिप ४५ दिनसम्म चल्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया